सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

बारागढी गाउँपालिकामा विकासले फड्काे मारिरहेकाे छ : अध्यक्ष जैसवाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०३ चैत । पछिल्लाे समय बारागढी गाउँपालिकामा विकासले फड्काे मारिरहेकाे छ । गाउँपालिकाका अध्यक्ष अशाेक कुमार जैसवालले अहिले विकासले गति लिएकाे बताउनु भयाे ।

- Advertisement -

उहाँले अहिले गाउँपालिकाभित्र कृषिलाई विशेष प्रथामिकता दिइएकाे बताउनु भयाे । अहिले पालिकाभित्र शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार निर्माणमा विशेष ध्यान दिइएकाे बताउनु भयाे ।

गाउँपालिकामा सञ्चालित विकासका ठूला आयोजना अघि बढाइएको छ। गाउँका सडक, पुल, कल्भर्ट लगायतका पूर्वाधार धमाधम निर्माण हुन थालेपछि सर्वसाधरण पनि खुसी देखिएका छन्।

- Advertisement -

गाउँपालिका अध्यक्ष जैसवालले अहिले सम्म ४० प्रतिशत बजेट सकिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे,’बाँकी बजेट पनि सही ठाउँमा सदुपयाेग हुनेछ, जनताले हाम्राे हरेक विकास निर्माणका काम साथ दिइरहेका छन् ।

उहाँले सिँचाइका लागि किसानलाई माेटरहरू वितरण गरिएकाे जानकारी दिनु भयाे । उहाँले गाउँपालिका रहेका स्थानीयवासीकाे मुख्या पेसा कृर्षि भएकाले कृषिलाई विशेष प्रथामिकता दिइएकाे बताउनु भयाे ।

बारा जिल्लामा बारागढी गाउँपालिका विकास निर्माणकाे काममा एक नम्बरमा रहेकाे उहाँले दाबी गर्नुभयाे । उहाँले भन्नुभयाे,’चुनवामा गरिएकाे प्रतिबद्दताअनुसार नै कामहरू अगाडि बढाइएकाे छ।’

उहाँले भ्रष्टाचार हुन नदिन हरेक याेजनानमा अनुगमनलाई तीव्रता दिइएकाे बताउनु भयाे । उहाँले गरिब, निमुखा तथा निम्न वर्गलाई विशेष ध्यान दिएर याेजना बनाइएकाे बताउनु भयाे ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -