बीरगन्ज,०३ चैत । आईसीसी विश्वकप लिग डिभिजन टुअन्तर्गत यूएईलाई हराउँदै विश्वकप ग्लोबल क्वालिफायरमा छनोट गराउन सफल भएको भन्दै बीरगन्ज महानगरपालिकाले दुई खेलाडीलाई १/१ थान मोटरसाइकल दिने निर्णय गरेको छ।
बाराका दुई खेलाडी आसिफ र आरिफ शेखलाई बीरगन्ज महानगरपालिकाले बधाईसहित मोटरसाइकल दिने निर्णय गरेको हो।
विश्वकप क्रिकेट लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका उनीहरू दाजुभाइ हुन्।
- Advertisement -
उनीहरूलाई यामाहाको एफ जेड -एफआई मोटरसाइकल दिइने निर्णय गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विज्ञप्तिमार्फत घोषणा गरेका हुन्।
नेपालले हिजो (बिहीबार) त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई डिएल मेथडमा ९ रनले पराजित गरेको थियो ।