सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
12.1 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

पर्साको पटेर्वा सुगौली गाउँपालिकामा लागूऔषध दुव्र्यसन विरुद्धको अभियान सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्साको पटेर्वा सुगौली गाउँपालिकामा शुक्रबारबाट लागूऔषध दुव्र्यसन विरुद्धको अभियान सुरु भएको छ । सामुदायिक संस्था सानो पाइलाको आयोजना, पटेर्वासुगौली गाउँपालिकाको आर्थिक सहयोग र सामुदायिक प्रहरी साझेदारीसँगको सहकार्यमा “एक्सन फर ड्रग फ्रि कम्युनिटी” नामक अभियान सुरु भएको हो ।
लागूऔषध दुव्र्यसन विरुद्ध युवाहरुलाई सचेत गराउने उदेश्यका साथ सुरु भएको अभियान गाउँपालिकाको हरेक वडाका सामुदायिक विद्यालयमा सञ्चालन गरिने छ ।

- Advertisement -

शुक्रबार पटेर्वासुगौली गाउँपालिका–२ स्थित रंगपुरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अभियानको पहिलो सत्र आयोजना गरिएको थियो । अभियानको पहिलो सत्रमा पर्साका प्रहरी उपरिक्षक कोमल शाह, प्रहरी निरिक्षक मनिषा लौडारी र सामुदायिक पुनस्र्थापना केन्द्रका कार्यक्रम संयोजक राजकुमार तामाङ्गले लागूऔषधले पार्ने नकारात्मक प्रभावलगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए । सत्रमा लागूऔषधको कुलतमा फसेका एक जना व्यक्तिको जीवनमा आधारित वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । सत्रमा १५० भन्दाबढी विद्यार्थीहरुको सहभागिता थियो ।

अभियानको उद्घाटन सत्र गाउँपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख ममता महतो, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा नं १ का अध्यक्ष, फरमान अंसारी, वडा नं २ का अध्यक्ष विजय गैरे, वडा नं ४ अध्यक्ष बासु पञ्जीयार, कार्यपालिका सदस्य शिवबालक ठाकुर लोहार, सजिना वि.क., इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख रामराजा केशरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इजहार मियाँ दर्जी, गाउँपालिकाका शिक्षा शाखा प्रमुख सोलेन्द्र पञ्जीयार, विद्यालयका प्रधानाध्यापक भोजराज गौतमलगायतकाको उपस्थिती रहेको थियो ।

- Advertisement -

उद्घाटन सत्रलाई सम्बोधन गर्दै गाउँपालिका उप–प्रमुख महतोले गाउँपालिका क्षेत्रभित्र बढ्दै गइरहेको लागूऔषध दुव्र्यसन तथा ओसारपसारका घटनाहरुप्रति चासो व्यक्त गरिन् । विशेष गरि विद्यालय पढ्ने उमेर समूहका युवाहरु लागूऔषधको दुव्र्यसनमा फस्दै गईरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले गाउँपालिकाले त्यस्ता युवाहरुलाई सहि बाटोमा डोहोर्याउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रमकी विशिष्ट अतिथिसमेत रहेकी उपप्रमुख महतोले सानो पाइलासँगको सहकार्यले गाउँपालिकामा लागूऔषध विरुद्धको जनचेतना सञ्चार गर्दै दुव्र्यसनीहरुको संख्या ओरालो लाग्ने विश्वास व्यक्त गरिन् ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउँपालिका अध्यक्ष चौधरीले लागूऔषध दुव्र्यसन सामाजिक विकृति मात्र नभई एक गम्भीर जनस्वास्थ्यको समस्या पनि भएको उल्लेख गरे । लागूऔषध दुव्र्यसनले गाउँपालिकाका कैयन् व्यक्ति र परिवारलाई नराम्रो असर पारेको भन्दै यस्तो जटिल समस्या समाधान गर्न समयमै अग्रसर हुन सम्बन्धीत सबैलाई आह्वान गरे । गाउँपालिकालाई लागूऔषध दुव्र्यसन तथा ओसारपसार मुक्त बनाउन गाउँपालिका कार्यालयको तर्फबाट हुनसक्ने हरसम्भव प्रयास गर्न आफू पछि नपर्ने उल्लेख गरे ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -