शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
18.1 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

प्रदेश नामकरणविरोधी प्रदर्शन रोक्न विराटनगरका केही स्थानमा निषेधाज्ञा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर,०४ चैत । कोशी प्रदेश नामकरणपछि जातीय पहिचान पक्षधरहरूले विभिन्न आन्दोलन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको राजधानी विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। कोशी नाममा असहमति जनाउँदै विरोध, धर्ना र जुलुस हुन थालेपछि सुरक्षामा असर पर्ने भन्दै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो।

- Advertisement -

प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेषचोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफेचोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ।

चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। आदेश उल्लङ्घन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -