सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
12.1 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

मिटरब्याजी पीडितहरूको सप्तरीदेखि काठमाडौँसम्म पैदल मार्चपास

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०४ चैत । मधेश प्रदेशका मिटरब्याजी पीडितहरुले काठमाडौँसम्म पैदल मार्चपास सुरु गरेका छन् । उनीहरूले चैत २ गतेदेखि सप्तरी—काठमाडौँ पैदल मार्चपास सुरु गरेको हो ।

- Advertisement -

आन्दोलन गर्न काठमाडौँ हिँडेका मिटरब्याज पीडितहरुले शुक्रबार साँझ सर्लाहीको लालबन्दीमा प्रदर्शन समेत गरेका छन् । मधेश प्रदेशको सप्तरीबाट सुरु भएको पैदल यात्रा शुक्रबार साँझ सर्लाहीको लालबन्दी आईपुगेको छ। लालबन्दी आइपुगेका मिटरब्याजी पीडितहरुको मार्च अभियान लालबन्दीबाट शनिबार दिउँसो रौतहट तर्फ लाग्ने अभियानमा हिँडेको पीडित संघर्ष दाहालले बताए ।

मिटरब्याज विरुद्धको सघंर्ष समिती नेपाल बर्दिवासदेखी काठमाडौँसम्म मिटरब्याजविरुद्ध पीडितको मार्च पीडक साहु महाजन विरुद्ध चरणबद्ध रुपमा आन्दोलनको पैदल यात्रा सुरु गरेको हुन् । करिब ४-५ वर्ष पहिलादेखि नै काठमाडौँमा समेत आन्दोलन गर्दा पनि निस्कर्ष ननिस्केको अवस्था छ ।

- Advertisement -

साथै तत्कालीन सरकारका सरोकारवालाहरुले मिटर व्याजीहरुविरुद्ध ठगी मुद्दा चलाउने भनेपछि केही मानिस नियन्त्रणमा परेका छन् । तत्कालीन सरकारका सरोकारवालाहरुले मिटरव्याजी विरुद्ध लाग्ने बताए पनि कुनै ऐन, कानून बनाउनेतर्फ नलागेका कारण समस्या समाधान नभएको पीडितहरूको आरोप छ।

उनले मिटरब्याज विरुद्धको संघर्ष समिति करिब २ सातासम्म हिँडेरै काठमाडौँसम्म पुग्ने र सरकारलाई घचघच्याउने अभियानमा छन्। त्यसपछि काठमाडौँमै आन्दोलन गर्ने उनीहरूले बताए । साहु महाजनबाट लिएको मिटरब्याजको ऋणले उठिवास नै लाग्ने अवस्था भएपछि पीडितहरुले जिल्लामा आन्दोलन गरे।

त्यहाँ थाकिसक्दा पनि केही नभएपछि संघीय राजधानी काठमाण्डौँ केन्द्रित आन्दोलन गर्ने तयारी गरेका हुन्। मिटरब्याजका कारण किसानहरु मारमा परेको, उनीहरुको घर खेत नै गुमिसकेको अवस्थामा पनि मिटरब्याजी ठगहरुलाई कारबाही गर्न सरकारले कुनै तदारुकता नदेखाएको पीडितहरू बताउँछन्। बरु मिटरब्याजी पीडकहरू नै शानका साथ हिडिरहेको तर सरकारले उनीहरुलाई पक्राउ गर्न नसकेको भन्दै अभियान थालिएको महोत्तरीका पुरुषोत्तम अधिकारी बताए।

तराई—मधेशका साहुमहाजनले कपाली तमसुक बनाई थोरै पैसाको ऋण दिने तर धेरैको कागज बनाउने, ऋण चुक्ता गरिसक्दा पनि अझ धेरैको कागज देखाउने र असुली गरिरहने, भन्नेबित्तिकै पैसा नदिएपछि घरजग्गा नै रोक्का गर्ने, अदालतमा मुद्दा हाल्नेजस्ता अन्याय गर्दै आइरहेका छन् ।

विभिन्न प्रकारका धाकधम्की लगाउने लगायतका कारण आफुहरु घरमा बस्न सक्ने अवस्था नरहेकाले आन्दोलन मार्फत आफ्ना समस्या सरकारलाइ सुनाउन पैदल यात्रामा निस्केका सिराहाका मनोज पासवानको भनाइ छ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -