सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
12.1 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

स्ववियु निर्वाचन आज

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

आज विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ।

- Advertisement -

प्रत्येक दुई दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन।२०७३ चैतमा स्ववियुको निर्वाचन गरिए पनि सबै क्याम्पसमा हुन सकेको थिएन।

आज निर्वाचन हुने भएपनि कतिपय क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेका छन्।काठमाडौं उपत्यकाभित्र भने सत्ता गठबन्धन दलका भ्रातृ विद्यार्थी संगठनले गठबन्धन गरेर क्याम्पसहरू भागबन्डा गरी उम्मेदवार उठाएका छन्। उपत्यकाबाहिर भने केही क्याम्पसबाहेक अन्यत्र विद्यार्थी संगठनहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा पनि छ।निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

- Advertisement -

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन्।

त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न विज्ञप्तिमार्फत अपिल गरेका छन्।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -