सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग एमालेको माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,०५ चैत । नेकपा एमालेले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।

- Advertisement -

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

आइतबार पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले नेपाली किसानहरूको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराए।

- Advertisement -

महासचिव पोखरेलले भने, ‘अन्तराष्ट्रिय बजारमा रासायनिक मलको भाउ घटिरहेको बेलामा अहिलेको सरकारले जसरी मूल्यवृद्धि गर्ने काम गरेको छ। यो अत्यन्तै अनुचित छ।

सरकारले किसानमारा यस प्रकारको नीतिहरू र निर्णयहरू अविलम्ब फिर्ता लिनु पर्दछ। र नेपाली किसानहरूको संरक्षणको लागि नेपालको कृषि क्षेत्रलाई प्रोत्साहित गर्नका लागि स्वाभाविक रूपमा सरकारले अनुदानमा वृद्धि गर्नु पर्दछ। र, नेपालभित्रै अविलम्ब रासायनिक मल कारखाना स्थापनाको प्रक्रिया पनि अगाडि बढाउनु पर्दछ।

महासचिव पोखरेलले नेपालमा वन क्षेत्र प्रशस्त भएकाले प्राङगारिक मलको उत्पादनका लागि किसानलाई प्रोत्साहन गर्न र त्यसका लागि आवश्यक बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षणसमेत गराए।

कृषि क्षेत्रको विकासका लागि लागि पूँजी र प्रविधिको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -