बारा, ७ चैत । बाराको कलैया उपमहानगरपालिकाका तरकारी किसानहरू आन्दोलित भएका छन् । किसानहरूले आज कलैया उपमहानगरपालिका कार्यालय घेराउ गर्दै प्रदर्शन गरेृका छन्।
सयैँको सङ्ख्यामा भेला भएका किसानहरूले कलैया बजारमा किसानलाई बजार उपलब्ध गराउँन र नगर प्रहरीले जफत गरेको तरकारीको क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
उनीहरूले आफूहरूले निर्माण गरेको बजार व्यापारीहरूले कब्जा गरेको कारण तरकारी बेच्न गाह्रो हुने गरेको र शेडको तल तरकारी राखेर बेच्दा नगर प्रहरीहरूले दुःख दिने गरेका कारण आन्दोलित हुनुपरेको बताएका छन् ।
लामो समयदेखि तरकारी किसानहरूले कलैया उपमहानगरपालिका १ कलैया बजारमा आफ्नो लगानीबाट निर्माण गरेको शेडमा व्यापारीहरूले कब्जा गरेर ठाउँ नदिएको दुस्ख त छँदै छ । त्यसमाथि प्रहरीले समेत दुस्ख दिएको तर कलैया उपमहानगरपालिकाले समस्या समाधान गर्नुभन्दा झन बल्झाउने काम गरेकोले आफूहरू आन्दोलित हुनुपरेको कलैया उपमहानगरपालिका ८ खपरताताका किसान राकेश कुशवाहाले बताए । प्रहरीले किसानको तरकारी जफत गरेको उनको गुनासो गरे । जफत गरिएको तरकारी किसानलाई फिर्ता दिनुको साटो प्रहरीले कुहाएको कलैया उपमहानगरपालिका ११ का तरकारी किसान रामबहादुर बताउँछन् ।
किसानहरूका अनुसार चैत ३ गते प्रहरीले ५० जना किसानले बिक्रीका लागि राखेको तरकारी जफत गरेका थिए । किसानको मागको सम्बोधन नभए थप आन्दोलन गर्ने किसानहरूले चतावनि समेत दिएका छन् ।