सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

वान एक्स बेटका ६ जना ‘मास्टर म्यानेजर’ काठमाडौँबाट पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । अनलाइन बेटिङ साइट वान एक्स बेटका ६ जना मास्टर म्यानेजरलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गैरकानुनी बेटिङ खेलाउने गिरोहका सदस्यलाई पक्राउ गरेको हो ।

- Advertisement -

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार प्रहरीले वान एक्स बेटका मास्टर म्यानेजरहरू दिलीप सिंह कठायत, भूपालराज न्यौपाने, नयनराज भण्डारी, वरुण कुमार सिंह, बासुदेव पाण्डे र शिवानी तामाङलाई पक्राउ गरेको हो । नेपालमा प्रतिबन्ध रहेको बेटिङमा लगानी गरिएको ६४ करोड रकम यो समूहले साइप्रस पुर्‍याएको समेत खुलासा भएको छ ।

वान एक्स बेटमा, खेलाडी (बेटिङ गर्ने व्यक्ति), वालेटमा पैसा लोड गरिदिने व्यक्ति म्यानेजर र म्यानेजरहरूबाट रकम लिने मास्टर म्यानेजर लगायतका व्यक्तिहरू संलग्न हुन्छन् । पक्राउ परेका ६ जना व्यक्तिहरू नेपालका मास्टर म्यानेजरहरू हुन् । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युवाहरूलाई कुलत र गलत क्रियाकलापबाट बचाउन अपराध अनुसन्धान कार्यालयले सुरु गरेको ‘सेभ द युथ’ अभियान अन्तर्गत यी व्यक्तिहरू पक्राउ परेका हुन् । मोबाइल वालेटमा भएको अस्वाभाविक कारोबारका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूको साथबाट एकैजनाले २ सयवटा सम्म सिमकार्ड बोकेको पाइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -