बीरगन्जको ठाकुरराम क्याम्पसमा विद्यार्थीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
स्ववियु निर्वाचन गराउनुपर्ने माग गर्दै विद्यार्थीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका हुन्।
हाल प्रहरी टोलीले आगो निभाएको र अवस्था समान्य रहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले नेपाल पोष्ट डेलीलाई जानकारी दिए।
स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन त्रिभुवन विश्वविद्यालयले पत्राचार गरेको छ।
पत्रमा यही चैत ५ गते स्ववियु निर्वाचन कार्य सम्पन्न हुनुप र क्याम्पसमा के कति कारणले निर्वाचन हुन सकेन त्यस विषयमा तत्काल समानवय गरी स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको थियो।