बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...

दाइजोको निहुँमा पक्राउ...

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ...

बीरगन्जबाट दुहुना भैंसीसहित २०...

बीरगन्ज,१५ चैत । पर्साबाट प्रहरीले २० लाख भन्दा बढी मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा...

पर्साबाट कैदीबन्दीसमेतले दिए एसईई...

बीरगन्ज,१५ चेत । पर्सा जिल्लाबाट पहिलो दिन ७ जना कैदीबन्दीहरुसमेतले माध्यमिक शिक्षा परीक्षा...
19.1 C
Kathmandu
33.8 C
Birgunj

लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

दाङ । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसका लागि आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाइएको छ ।

- Advertisement -

सोही बैठकबाट सरकारको समर्थन फिर्ता लिने निर्णय गर्ने माओवादी केन्द्रको तयारी छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता जोखबहादुर महराले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आजको बैठकमा छलफल हुने बताए । ‘सत्ता समीकरण बदलिएसँगै सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा आजको बैठकमा हामी छलफल गर्दैछौं,’ महराले भने ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने आजको संसदीय दलको बैठकबाट सरकारको समर्थन फिर्ता लिने निर्णय हुने बताए । ‘आज हामी निर्णय गर्छौं, प्रदेश प्रमुखकहाँ कहिले जाने लगायतका प्राविधिक कुरामा चाहिँ केन्द्रमा सल्लाह गरेर गर्छौं,’ बरालले भने ।

- Advertisement -

गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा नेकपा एमालेका लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत दिएका माओवादी केन्द्र, जसपा र जनमत पार्टी अहिले सरकारमा छन् ।

नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादीले बाहिरबाट समर्थन गरेका थिए । अहिले फेरिएको सत्ता समीकरण अनुसार यी सबै दल प्रदेश सरकारको विपक्षमा छन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि माओवादीसहितको गठबन्धनमा छ । नेकपा एमालेको पक्षमा राप्रपा मात्रै उभिएको छ ।

नयाँ गठबन्धनमा रहेका दलले समर्थन फिर्ता लिनासाथ गिरी अल्पमतमा पर्नेछन् । गिरीले विश्वासको मत लिन नसके एमाले नेतृत्वको सरकार ढल्ने छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ मत चाहिन्छ । एमाले र राप्रपा बाहेकका आठ दलीय गठबन्धनको सरकार बनेमा बहुमत पुग्छ । किनकि आठ दलीय गठबन्धनसँग प्रदेशसभाको बहुमत ५० मत हुन्छ ।

कांग्रेसका २७, माओवादी केन्द्रका १०, जसपाका ३, जनमतका ३, लोसपाका ३, नागरिक उन्मुक्ति पार्टीका ४ जना प्रदेशसभा सदस्य छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार