शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

आठ महिनाको व्यापार घाटा साढे ९ खर्ब

भन्सार विभागले सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको तथ्यांकअनुसार व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख ३७ हजार पुगेको छ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्षको आठ महिनामा नेपालको व्यापार घाटा साढे ९ खर्ब पुगेको विवरण सार्वजनिक गरेको छ। विभागले सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको तथ्यांकअनुसार व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख ३७ हजार पुगेको हो।

- Advertisement -

गत वर्षको सोही अवधिमा नेपालले ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख ९० हजारको व्यापार घाटा बेहोरेको थियो।

तथापि व्यापार घाटामा गत आर्थिक वर्षको तुलनामा १७.८६ प्रतिशतले कमी आएको हो। आठ महिनामा कुल व्यापार ११ खर्ब ६३ अर्ब १८ करोड १७ लाख बराबर भएको छ। सोही अवधिमा कुल १० खर्ब ५८ अर्ब ३८ करोडको आयात र १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ।

- Advertisement -

आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालू आवको आठ महिनामा कुल व्यापार २०.१४ प्रतिशतले घटेको छ। गत आवमा कुल १४ खर्ब ५६ अर्ब ४८ करोड बराबरको व्यापार भएको थियो। गत आवमा १३ खर्ब ८ अर्ब ७३ करोडको आयात भएकामा चालू आवको आठ महिनामा १९.१३ प्रतिशतले कमी आई १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको सामान आयात भएको हो।

गत आवको आठ महिनामा १ खर्ब ४७ अर्ब ७४ करोड बराबरको वस्तु निर्यात भएकामा चालू आवको आठ महिनामा २९.०७ प्रतिशतले घटेर १ खर्ब ४ अर्ब ७९ करोडको निर्यात भएको हो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -