बीरगन्ज,९ चैत – जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजक भन्दा बढी मालसमान लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । बीरगन्जबाट चितवन तर्फ लैजादै गरेको सूचनाको अधारमा पुगेको प्रहरी टोलीले ट्रकलाई चेकजाँच गर्दा बिलबिजक भन्दा बढी खुद्रा एवं लत्ताकपडा लोड गरेको भेटिएपछि प्रहरीले माल समान सहित ट्रकलाई नियन्त्रणमा लिएको थियो ।
बुधवार राती अन्दाजी ११ : ४५ बजेको समयमा बीरगन्ज महानगरपालिकाको वडा ८ घण्टाघर स्थित सडकसण्डबाट जय बजरंगवली ट्रान्सपोर्टको ना २ ख ८६४८ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको ट्रक र मालसमान गरी १८ लाख ७८ हजार ३ सय एकान्वे बराबरको मालसमान थप अनुसन्धानको लागि बिहिवार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको प्रस बिज्ञप्ती जारी गरी जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।