शनिबार, असार ८, २०८१
Sat, June 22, 2024

क्यानडामा हुने ग्लोबल टी-२०...

८ असार, काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने...

पाँच प्रदेशमा मनसुनको प्रभाव...

८ असार, काठमाडौं । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी...

युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक...

८ असार,  काठमाडौं । युक्रेनले जारी युरोकपमा स्लोभाकियालाई पराजित गरेको छ । शुक्रबार सम्पन्न...

इङल्याण्डमाथि दक्षिण अफ्रिका ७...

८ असार, काठमाडौं । दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप...
26.1 C
Kathmandu
33.3 C
Birgunj

बढ्यो विद्युतीय सवारीको आयात, ८ महिनामै २२ सय भित्रियो

भारतबाट धेरै आयात

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चालू आर्थिक वर्ष २०७९/८० मा विद्युतीय सवारीको आयात ह्वात्तै बढेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ८ महिनाको तुलनामा यो वर्षको फागुनसम्म विद्युतीय सवारीको आयात उल्लेख्य रुपमा बढेको हो । गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट नेपालमा जम्मा साढे १३ सय वटा विद्युतीय सवारी आयात भएको थियो । उक्त अवधिमा १ सय किलोवाटदेखि ३ सय किलोवाटसम्मका उक्त संख्याका विद्युतीय सवारी भित्रिएका थिए । जबकि, चालू आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा २२ सय वटा विद्युतीय सवारी भित्रिएका हुन् ।

- Advertisement -

भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको तथ्याङ्कअनुसार सय किलोवाट क्षमताका २१ सय ३९ वटा विद्युतीय सवारी भित्रिएका छन् । यस अवधिमा यो क्षमतासम्मका ५ अर्ब ९० करोड ५३ लाख रुपैयाँका विद्युतीय सवारी भित्रिएका हुन् । यस्तै, २ सय किलोवाटसम्म क्षमता भएका २२ करोड २२ लाख रुपैयाँ बराबरका ५२ वटा सवारी भित्रिएका छन् ।

तर, ठूलो क्षमताका सवारी साधन भने कम संख्यामा भित्रिँदै छन् । भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा जम्मा ७ वटा विद्युतीय सवारी ३ सय किलोवाट क्षमताका भित्रिएका छन् । यी सवारीको आयातमा ४ करोड ६ लाख रुपैयाँ बाहिरिएको छ । ३ सय किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारी भने भित्रिएका छैनन् ।

- Advertisement -

भारतबाट धेरै आयात
नेपाल भित्रिएका विद्युतीय सवारी साधनमध्ये सबैभन्दा धेरै भारतबाट भित्रिएका छन् । भारतमा टाटा समूहबाट उत्पादित ‘टाटा नेक्सन’ मोडल अन्तर्गतका विद्युतीय सवारी धेरै भित्रिई रहेका छन् । यो सवारी नेपालमा सिप्रदी ट्रेडर्सले बिक्री वितरण गर्दै आइरहेको छ । ८ महिनाको अवधिमा भारतबाट मात्रै १५ सय ७१ वटा विद्युतीय सवारी भित्रिएका छन् ।

जबकि, नेपालले ८ महिनाको अवधिमा जम्माजम्मी २२ सय वटा विद्युतीय सवारी मात्रै आयात गरेको छ । यसमध्ये १५ सय ७१ वटा भारतबाटै भित्रिएका हुन् । र, यीमध्ये पनि सबैभन्दा धेरै टाटाको नेक्सन ब्राण्डका विद्युतीय सवारी भित्रिरहेका छन् । तर, यी सवारी सय किलोवाट क्षमताको रहेको तथ्याङ्कले देखाउँछ ।
यस्तै, चीनबाट ३६७ वटा विद्युतीय सवारी भित्रिएका छन् । यस्तै, कोरियाबाट २५२ वटा सवारी भित्रिएका छन् भने अमेरिकाबाट ४ र इण्डोनेसियाबाट ३ वटा विद्युतीय सवारी भित्रिएका छन् ।

बढ्यो विद्युतीय चार्जरको आयात
विद्युतीय सवारीको आयात बढ्दै गएपछि ती सवारी चार्ज गर्न चार्जरको आयातसमेत बढ्दो अवस्थामा छ । तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालमा २५ करोड ८९ लाख रुपैयाँ बराबरका ८३ हजार वटा विद्युतीय चार्जर (एसी/डीसी) भित्रिएका छन् ।
जबकि, गत आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा विदेशबाट जम्मा ६ करोड ७४ लाख रुपैयाँको विद्युतीय सवारीका चार्जर भित्रिएका थिए । उक्त अवधिमा १ लाख ७६ हजार वटा चार्जर भित्रिएको तथ्याङ्क विभागले सार्वजनिक गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार