शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

घुस लिएको भिडियो भेटिएपछि वन अधिकृत यादव निलम्बित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० चैत । डिविजन वन कार्यालय पर्साका सहायक वन अधिकृत राम प्रसाद यादव निलम्बनमा परेका छन् । सेवाग्राहीबाट घुस लिइरहेको भिडियो प्रमाण फेला परेपछि उद्योग पर्यटन तथा वन मन्त्रालयले अधिकृत यादवलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरेको हो ।

- Advertisement -

हिरासतमा रहेको अभियुक्तका सरोकारबला मानिससँग आर्थिक लेनदेन गरेको भनी विद्युतीय माध्यमबाट बुझिन आएकाले उनलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयकी प्रवक्ता अन्जना कायस्थले बताइन् । सहायक अधिकृत ९७ औँ तह यादव प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ ९२० बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानविन तथा जाँचबुझ कार्यमा झुठा सबुत, प्रमाण संकलन गर्न सक्ने वा आफ्नो विरुद्धको सबूत प्रमाण गायब गर्न सक्ने सम्भावना रहेकाले उनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जयनारायण साह विरुद्ध अवैध रुपमा वन पैदावार ओसार पसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए । गत चैत ६ गने अभियुक्त साह पक्राउ परे ।

- Advertisement -

‘जयनारायणले टयाक्टर अरुलाई भाडामा दिएका थिए । भाडामा लिने व्यक्तिले उनको गाडीबाट काठ ओसार पसार गरिरहेका थिए । त्यसैक्रममा सवारीधनी पक्राउ परेछन् । उनीसँग मुद्दा मिलाइदिने, पैसा नदिए जेल पठाइदिने भनेर धाकधम्की दिँदै अधिकृत यादवले झण्डै ४ लाख पैसा लिइसकेको विभिन्न अडियो प्रमाण आयो, मन्त्रालयका एक अधिकारीले भने, ‘प्रतिवादीले पैसा दिँदादिँदै तन्ग्रिएपछि ४० हजार रुपैँया घुस दिएको भिडियो नै बनार हामीलाई उपलब्ध गरायो ।’ ती अधिकारीका अनुसार प्रमाण फेलापरेपछि राज्यमन्त्री रहबर अन्सारीको निर्देशनमा यादबलाई कारबाही प्रक्रिया अघि बढाइएको हो ।

विगतमा मधेशमा देखिएका आर्थिक अनिमितता , भ्रष्टाचार र अनुशासनहीनता जस्ता विकृति र विसंगतिका अवशेषहरुलाई पूर्णरूपमा निरूपण गर्दै नया पद्धति बसाल्ने हम्रो प्राथमिकता रहेको छ । त्यसै अनुसारले अनियमितताको आरोप लाग्नसाथ कर्मचारीलाई निलम्बन गरी द्रुत गतिमा अनुसन्धान अघि बढाइएको हो,’ राज्यमन्त्री अन्सारीले भने ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -