शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

मन्त्रिपरिषद् पुनर्गठनको तयारी, यस्तो छ प्रस्तावित मोडालिटी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ चैत । सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा प्रारम्भिक प्रस्ताव पेश गर्ने तयारीमा लागेका छन्। उनले आज आइतबार बस्ने सत्ता गठबन्धनको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने तयरीस्वरुप गठबन्धनका घटकहरुसँग प्रस्ताव पेश गर्ने तयारी गरेका हुन्।

- Advertisement -

उनले शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा समेत सरकारलाई पूर्णता दिने प्रस्तावित खाका तय गरेको एक नेताले बताए। ती नेताले बताए अनुसार माअ‍ोवादीले गृह र कानून मन्त्रालय कुनै हालतमा लिएरैे छाड्ने प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्ड अडानमा छन्।

सरकारलाई पूर्णता दिन गठबन्धनको प्रमुख घटक कांग्रेससँग अर्थ या गृह एक मन्त्रालय लिने गरि प्रधानमन्त्रीले छलफल थालेका छन्। उनले सरकारमा एक महत्वपूर्ण मन्त्रालय लिएरै छाड्ने अडानमा रहेको ती नेताले बताए।

- Advertisement -

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने निश्चित जस्तै भएको छ। कांग्रेसले आठ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ। सरकारलाई पूर्णता दिने प्रस्तावित मोडालिटी अनुसार माओवादीले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय र एक राज्यमन्त्रीमध्ये सबै यथावत नै रहने छन्।

स्रोतका अनुसार माओवादीबाट मन्त्री बनेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती यथावत नै रहने छन्। यीमध्ये उपप्रधानमन्त्री रहेर भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका नारायणकाजी श्रेष्ठ माओवादीले गृह पाए सोही मन्त्रालयमा स्थानान्तरण हुने छ।

यद्यपि माओवादीले दुई महत्वपूर्ण मन्त्रालय गृह र अर्थमध्ये एक पाउने निश्चित छ। सोही मन्त्रालयमा हाल भौतिक पूर्वाधारमा रहेका श्रेष्ठले जिम्मेवारी सम्हाल्नेछन्। प्रचण्डले तय गरेको प्रस्तावित मोडालिटी अनुसार माओवादीले हालकै मन्त्रीहरुलाई निरन्तरता दिने शनिबारको पदाधिकारी बैठकमा जनाएका थिए।

उनले बैठकमा सरकारमा सहभागी पार्टीका मन्त्रीहरुको कार्यसम्पादन सन्तोषजनक रहेको उनको ठम्याइ छ। माओवादीले अन्य मन्त्री र एक राज्यमन्त्री जिम्मेवारीलाई यथावत राख्दै श्रेष्ठ र संघीयम मामला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहेका अमनलाल मोदीकोमन्त्रालय हेरफेर हुन सक्ने संभावना छ।

उनलाई कानून मन्त्रालय दिन सकिने माओवादी उच्च स्रोतको दाबी छ। स्रोतका अनुसार गठबन्धनमा रहेका अन्य घटकमध्ये प्रमुख दल कांग्रेसलाई एक राज्यसहित आठ मन्त्रालय दिने तयारीमा छन्। त्यस्तै माओवादीले पूर्ववत मन्त्रालय यथावत नै रहने छ। यद्यपि मन्त्रालय हेरफेर हुन भने सक्ने छ।

त्यस्तै सरकारमा सहभागीताको आशय ब्यक्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एक राज्यमन्त्रीसहित तीन मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ। एकीकृत समाजवादीलाई एक राज्यमन्त्रीसहित तीन मन्त्रालय पाउने छ। उक्त पार्टीले उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरिसकेको छ।

जनता समाजवादी पार्टी(जसपा)लाई दुई मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ। यस अघि सरकारमा एक मन्त्रीसहित सहभागी भएको जनमत पार्टीले अर्को एक मन्त्रालय पाउने छ। त्यस्तै नागरिक उन्मुक्ति,लोसपा र स्वतन्त्रलाई एक एक मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्तावित खाका रहेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -