बीरगन्ज,१२ चैत । भन्सार छली नियन्त्रणको नाममा आतंक मच्चिएको सांसद प्रभु साहले बताएका छन्।
संघीय संसदको आजको बैठकमा साहले जसका कारण सामान्य जनजीवन प्रभावित भएको उनले बताए। ‘नुनतेल र गाईवस्तु हेर्न नहुने । सरकारले खाद दिन सकेको छैन। इन्डियामा नेपालभन्दा अनुदान छ। नेपालमा नभएपछि इन्डियाबाट ल्याउँछन् मानिसले तर यहाँ लुट मच्चिएको छ।’
भन्सारको राजश्व जम्मा गर्न नभएको र त्यो लुट मच्चिएको उनले बताए। ‘भन्सार ऐनमा पुरस्कार दिइएको छ। ४५ प्रतिशत भन्सारको नाममा लुट मच्चिरहेको छ। १० वर्षयता १० पटक नियमावली संशोधन भएको छ। एक करोडको माल समातियो भने नेपाल प्रहरीले ४५ प्रतिशत पुरस्कार दिइएको छ। ४५ प्रतिशत लुटको चक्करमा जनतालाई लुटिएको छ,’ साहले भने।