बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

उपेन्द्र यादवप्रति सीके राउतको कटाक्ष- ३-४ महिना मन्त्री नभई बाँच्नै नसक्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१२ चैत । उपराष्ट्रपतिमा महिलाको अधिकार खोसिएको जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले बताएका छन्।

- Advertisement -

संघीय संसदको आजको बैठकमा विशेष समय लिँदै राउतले भने, ‘संविधानमा सपष्ट व्यवस्था हुँदा हुँदै जुन काम गरियो, त्यो समयमा महिला सभासदहरू आफूले पाएको अधिकारबाट समेत पनि लिन नसक्ने अवस्था देखियो। त्यसप्रति मलाई दुःख लागेको छ।

निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचनको मिति तय गरेको प्रति पनि राउतले असन्तुष्टि व्यक्त गरे। भने, ‘बारा २ मा सभासदको पद खाली हुन पाएको सूचना संघीय सचिवालयमा प्राप्त भएको छैन, उता निर्वाचन आयोगले तुरुन्त निर्वाचन कार्यक्रम वैशाख १० कै लागि घोषणा गरिसक्यो।’

- Advertisement -

उनले यही रफ्तारमा अरू काम पनि देशमा भइदिए धेरै राम्रो हुने आयोगप्रति व्यंग्यात्मक टिप्पणी गरे।

जसपा अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै उनले भने, ‘कसैलाई ३-४ महिना मन्त्रीविना बाँच्चै नसक्ने अवस्था सिर्जना भयो भन्दैमा निर्वाचन आयोगले २० दिनको समय राखेर गराउन मिल्दैन।’

प्रतिनिधिसभाको रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। देशभरका ३ क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

बारा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा जसपा अध्यक्ष यादवले उम्मेदवारी दिने तयारी गरेका छन्। उक्त विषयलाई लिएर राउतले यस्तो प्रतिक्रिया दिएका हुन्।

निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गराउने निर्णय गरेपछि राउत नेत‌ृत्वको जनमत पार्टीले समय अभाव भएको भन्दै यसप्रति असन्तुष्टि जनाउँदै आएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -