शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

चिकेन स्टेशनविरुद्ध प्रदर्शन, सञ्चालकविरुद्ध नाराबाजी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्जको लोहारपट्टी रोडमा अवस्थित चिकन स्टेशनको विरुद्धमा वीरगञ्जमा प्रदर्शन गरिएको छ । वीरगञ्जको लोहारपट्टी रोडमा सञ्चालित चिकेन स्टेशन नामक रेस्टुराँलाई वहिष्कार (बायकट) गर्ने अभियानअन्र्तगत आइतवार स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

- Advertisement -

रेस्टुराँले आफ्नो आधिकारीक फेसबूक पेजबाट आपत्तीजनक पोस्ट सेयर गरेपछि स्थानीय युवाहरुले प्रदर्शन गर्दै चिकन स्टेशनविरुद्ध नाराबाजी गरेका छन् । वीरगञ्जमा स्थानीय युवाले सामाजिक सञ्जाल मार्फत चिकेन स्टेशनका सञ्चालकहरुमाथि कानूनी कारवाही गर्न र रेस्टुराँलाई बायकट गर्न अपिल पनि गरिरहेका छन् ।

चिकेन स्टेशन वीरगञ्जले इस्लाम धर्मावलम्बीको एक महिने पर्व रमदानको अवसरमा फेसबूक मार्फत ‘बीफ कबाब’ मा १० प्रतिशत छुटको विज्ञापन राखेको थियो । हिन्दू धर्ममा देवी मानिएको तथा नेपालको राष्ट्रिय जनावरसमेत रहेको गाईको मासु अर्थात बिफ विक्री भइरहेको रेस्टुराँले विज्ञापन राखेपछि युवाहरुले विरोधस्वरुप प्रदर्शन गर्दै बायकट अभियान चलाएका हुन् ।

- Advertisement -

रेस्टुराँले आफ्नो फेसबूक पेजबाट उक्त विज्ञापन हटाएर भूलवस राखिन गएको भन्दै माफी पनि मागिसकेको छ । तर विज्ञापनको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा युवाहरुले रेस्टुराँलाई बायकट गर्न र सञ्चालकहरुमाथि कानूनी कारवाही गर्न माग गरिरहेका छन् ।

युवाहरुले रेस्टुराँको पोस्टलाई हिन्दू धर्ममाथि प्रहारको संज्ञा दिएका छन् । ‘हामीले आमा सम्मान दर्जा दिएको गौ माताको मासू विक्री गर्ने रेस्टुराँले भूलवस भनेर पन्छिन पाउँदैन’, सामाजिक सञ्जालमा स्थानीय युवा अमीत सर्राफले लेखेका छन्, ‘यो हाम्रो धर्ममाथि प्रहार हो । यसलाई सामान्य त्रुटी भनेर छोड्न मिल्दैन । रेस्टुराँको सञ्चालकहरुमाथि कडा कारवाही हुनुपर्छ । सबैले मिलेर चिकेन स्टेशनलाई बायकट गरौँ ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -