शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

सरकारले पूर्णता पाउन अझै समय लाग्ने संकेत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । सरकारका महत्वपूर्ण मन्त्रालयहरु महिनौंदेखि खाली रहेको भए पनि सरकारले पूर्णता पाउन अझै समय लाग्ने देखिएको छ ।

- Advertisement -

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार आज साेमबार नै सरकारले पूर्णता पाउने बताउनुभएकाे थियाे । तर सत्ता गठबन्धनको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले भने मंगलबार बल्ल केन्द्रीय कार्य सम्पादन समितिको बैठक बाेलाएकाे छ । मंगलबार बिहान ९ बजे पार्टी मुख्यालय सानेपामा बस्ने गरी बाेलाइएको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने नेताहरुको बारेमा छलफल हुने बुझिएको छ ।

प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरेको भए पनि कसको नेतृत्वमा को-को सरकारमा सहभागी हुने भन्ने टुंगो लागेको छैन । कांग्रेसले कुन-कुन मन्त्रालय पाउने भन्ने बारेमा पनि अझै टुंगो लागिसकेको छैन । कांग्रेसले अर्थ, गृह, परराष्ट्र र रक्षालगायतका मन्त्रालयहरुमा दावी गरे पनि प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफ्नै पार्टीमा राख्न खोज्दा सहमति हुन नसकेको हाे ।

- Advertisement -

कार्य सम्पादन समितिको बैठकमा आगामी वैशाख १० गते तनहुँ-१, बारा-२ र चितवन-२ मा हुने उपनिर्वाचनका उम्मेदवार चयन गर्ने बारेमा पनि छलफल हुने बुझिएको छ । निर्वाचन आयोगले यहि चैत २० गते उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरिसकेकाे छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -