शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
25.1 C
Kathmandu
38.2 C
Birgunj

बारा २ काे उम्मेदवारमा कांग्रेसबाट यादवकाे नाम सिफारिस

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१३ चैत । बारा २ काे उपनिर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले राधेचन्द्र यादवलाई उम्मेदवार बनाउन सिफारिस गरेकाे छ ।

- Advertisement -

साेमबार कलैयामा बसेकाे कांग्रेस जिल्ला कार्यसमितिको बैठकले बारा २ काे उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारमा यादवकाे नाम सिफारिस गर्ने निर्णय गरेकाे हाे । यादव , संविधानसभा सदस्य हुन् । पहिलाे संविधानसभा निर्वाचनमा यादव बारा २ बाटै प्रत्यक्ष तर्फकाे संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

कांग्रेस बाराका पुर्व सभापति समेत रहेका यादव , हालका जिल्ला सभापति राजेशराय यादवका बुबा पनि हुन् ।

- Advertisement -

उम्मेदवार सिफारिसका बारेमा साेमबार जिल्ला सभापति राजेशराय यादवकाे अध्यक्षतामा बसेकाे जिल्ला कार्यसमितिको बैठकले यादवकाे एकल नाम सिफारिस गर्ने निर्णय गरेकाे बैठकम सहभागी कांग्रेस महाधिवेशन प्रतिनिधि लाेकेश सिंहले बताए ।

कांग्रेस जिल्ला कार्यसमितिले यादवकाे नाम सिफारिस गरेपनि वैशाख १० काे उपनिर्वाचनमा बारा २ मा कांग्रेस शीर्ष नेतृत्वले भने सत्तागठबन्धनबाट जसपालाई सघाउने वचन दिईसकेकाे छ । उक्त क्षेत्रमा जसपाबाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा छ ।

त्यसकारण कांग्रेस जिल्ला कार्यसमितिले ,संविधान सभा सदस्य यादवकाे नाम सिफारिस गरेपनि याे ओैपचारिकताका लागि मात्रै भएकाे हुन सक्ने आकलन गरिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -