शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

चार पार्टी मिलेर मधेशी मोर्चाको घोषणा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१३ चैत । मधेश केन्द्रित चार वटा पार्टी मिलेर लोकतान्त्रिक मधेशी मोर्चाको घोषणा गरेका छन्।

- Advertisement -

सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, इतिहासिक जनता पार्टी र राष्ट्रिय सदभावना पार्टीले मधेशी मोर्चाको घोषणा गरेका हुन्। चारै पार्टी मिलेर काम गर्ने निर्णय गरिएको जनाइएको छ।

मधेशी मोर्चामा वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, रामकुमार महतो नेतृत्वका नेपाल सदभावना पार्टी, बद्रीनारायण ठाकुर नेतृत्वको इतिहासिक जनता पार्टी र दिनेश यादव नेतृत्वको राष्ट्रिय सदभावना पार्टी सामेल छन्।

- Advertisement -

उनीहरूले सोमबार संयुक्त अवधारणापत्र सार्वजनिक गर्दै लोकतन्त्र, संघीयता, समानता र रहेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व सहित मधेश मुद्दालाई स्थापित गराउन मोर्चा गठन गरिएको जनाइएको छ। मधेशको अधिकार र पहिचानलाई स्थापित गर्नको लागि मोर्चाको आवश्यकता महसुस गरिएको उनीहरूको भनाइ छ।

तराई मधेश लोकतान्त्रिक पार्टीका नेता लालले मधेश आन्दोलनको बलमा स्थापित मधेश केन्द्रित दलहरू सत्ताको स्वाद चाख्नमा व्यस्त रहेको मधेशी विरोधी शक्तिहरू सलबलाउन थालेको जिकिर गरे। मधेशका जनताको अधिकार र मुद्दाको वकालत गर्ने मोर्चाको निर्माण गरिएको बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -