बीरगन्ज,१३ चैत – चिकेन स्टेशन बीरगन्जले आफ्नो समाजिक सञ्जालमा भुलवस आपत्ती जनक समाग्री प्रकाशित भएको भन्दै क्षमायाचना गरेको छ । स्टेशनका संचालक अरुण झाले आइतवार बीरगन्ज पत्रकार सम्मेलनको आयोजना गरी बिज्ञापन गर्ने क्रममा कर्मचारीको लापरवाहीका कारण आपत्ती जनक समाग्री प्रसारित भएको बताउँदै हाम्रो संस्था धर्म,सस्कृतिप्रति प्रतिब्ध रहेको बताए ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चिकेन स्टेशनले सकहारी र मान्सहारी ग्राहकको लागि छुट्टा–छुट्टै भन्साबाट सेवा प्रदान गरी रहेको झाले बताए । पत्रकारहरुको प्रश्नको जवाफ दिदै संचालक झाले बाहिर हल्ला भए अनुसार हामी सोच्नै नसक्ने दावी गरे । प्रचार–प्रसारको लागि गरिएको पोष्टमा आपत्ती जनक समाग्री प्रकाशित भएपछि त्यसको केही मिनेटमै समाग्री सच्याएको तथा चिकेन स्टेशनले आफ्नो अफिसिएल पेजबाटै क्षमायाचना समेत गरिएको पत्रकार सम्मेलनमा झाले बताए ।
पत्रकार सम्मेलनमा झाले बुलवस भएको त्रटीलाई माफ गरी दिन आम ग्राहकवर्ग एवं सम्बन्धित सबै पक्षलाई अनुरोध गरे । उनले भबिष्य यस्तो गल्ती फेरी नदोहरिने समेत दावी गरे ।
पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस नोटमा कसैलाई सो सम्बन्धि कुनै आशंका लागेको खण्डमा स्टेशनमै आएर परिक्षण सकिने उल्लेख गरिएको छ । स्टेशन हिन्दु धर्मको मर्यादा प्रति सजक र सचेत रहेको झाद्वारा हस्ताक्षरित प्रेस नोटमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा संचलक झा सहित समाजिक अगुवा स्टेशनका कर्मचारी,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी एवं नेकपा एमालेका नेता शिव पटेल लगायतको उपस्थिती रहेको थियो ।