शनिबार, असार २, २०८१
Sat, June 15, 2024

झडपको भिडियो मोवाईलमा कैद...

वीरगंज,२ असार - सार्वजनिक भवन तोडफोड गर्ने क्रममा स्थानिय र प्रहरी बिच भएको...

रौतहटमा शौच गर्न निस्किएका...

१ असार, रौतहट । रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपरान्ह एक जना...

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा...

१ असार, कञ्चनपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका...

बजेट कति ठीक र...

१ असार, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...
25.1 C
Kathmandu
31 C
Birgunj

मन्त्रिको टुंगो लगाउन एकीकृत समाजवादीको बैठक जारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१४ चैत । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरू भएको हो। बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ।

- Advertisement -

एकीकृत समाजवादी पार्टीले तीन मन्त्रालयसहित उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री पठाउने तयारी गरेको छ। आज बस्ने बैठकले सोही विषयलाई औपचारिकता दिने संभावना छ । यद्यपि भुसालको नेतृत्वमा सरकारमा जाने कि राजेन्द्र पाण्डेको नेतृत्वमा जानेबारे पार्टीभित्र बहस चलिरहेको एसका एक पदाधिकारीले जानकारी दिए।

आजै बिहान पार्टी अध्यक्ष माधव कुमार नेपालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेको थियो। नेपालसहित सम्मानित नेता झलनाथ खनाल,महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले मन्त्रालयको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए।

- Advertisement -

एसले गृहसहित तीन मन्त्रालयमा दावी गरिरहेको छ। मन्त्रिपरिषद् वितारका विषयमा छलफल गर्न आज बेलुका ४ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार