मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

जलवायु परिवर्तनको असर सबैको...

काठमाडौं,०३ वैशाख । वन तथा वातावरणमन्त्री नवलकिशोर साहले जलवायु परिवर्तनको प्रतिकूल असरका विषयमा...

मधेशका मुख्यमन्त्रीले भोलि चौथो...

जनकपुर,०३ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि (मंगलबार) विश्वासको मत लिने...

५८ लाख मूल्य बराबरका...

बीरगन्ज,०३ वैशाख । पर्साबाट प्रहरीले भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।...

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजना...

काठमाडौँ,०३ वैशाख । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जनालाई पक्राउ गरेको छ...
18.1 C
Kathmandu
26.6 C
Birgunj

कांग्रेसबाट यी हुन् मन्त्रीका सम्भावित ८ अनुहार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,१४ चैत । यस अघि एमालेले नै लिएका अधिकांश ८ मन्त्रालय लिने तयारी गरेको कांग्रेसबाट मन्त्रीको पनि लगभग टुंगो लागेको बताइएको छ ।

- Advertisement -

सरकारमा कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, कृषि तथा पशुपन्छी, उद्योग वाणिज्य तथा आपूर्ति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नै लिने देखिएको छ । यसमा बढीमा २ वटा मन्त्रालय मात्रै हेरफेर हुन सक्ने कांग्रेस स्रोत बताउँछ ।

कांग्रेसबाट नेतृत्व गरेर उपप्रधानमन्त्रीसहित उपसभापति पूर्णबहादुर खड्का सरकारमा जाने बताइन्छ । उनले गृह चाहे पनि यो मन्त्रालय माओवादीले आफैंसँग राख्ने तयारी गरेको छ । तर उनी अर्थ लिएर जाने कि रक्षा मन्त्री भएर सरकारमा जाने भन्ने टुंगोमा पुग्न नसकेको बताइन्छ ।

- Advertisement -

सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीमा डा. प्रकाशशरण महतलाई पठाउने तयारी गरेपछि खड्का र महतबीच प्रतिस्पर्धा भइरहेको बताइन्छ । यो प्रतिस्पर्धा अर्थमा खड्काले बाजी मारे महतले परराष्ट्र मन्त्रालय सम्हाल्नेछन् । यद्यपि महतको अर्थमन्त्री बन्ने सम्भावना धेरै भएको कांग्रेस सभापति स्रोतको दाबी छ ।

कांग्रेसले ८ मन्त्रालय पाउँदा देउवा पक्षका ६ र शेखर पक्षका दुई जनाले मन्त्री हुने अवसर पाउनेछन् । शेखर पक्षबाट मन्त्रीका लागि धनराज गुरुङ र डिगबहादुर लिम्बू मुख्य दाबेदार छन् ।

देउवा क्याम्पबाट सहमहामन्त्री किशोरसिंह राठौर, एनपी साउद, रमेश रिजाल र सीता गुरुङ मन्त्रीका लागि सबैभन्दा बलिया दाबेदार हुन् । तर पार्टीले पाउने मन्त्रालयको नाम टुंगो लागेर पार्टीले निर्णय नगरेसम्म यी नाममा पनि तलमाथि हुन सक्ने बताइन्छ ।

यीबाहेक संस्थापनबाट मन्त्रीका लागि उदयशमशेर राणा, विनोद चौधरी अर्थमन्त्रीका दाबेदार हुन् । तर देउवाले यो मन्त्रालय महतलाई दिन खोजे पनि उनीहरू परराष्ट्र मन्त्रीको लबिङमा लागेको बताइन्छ । मोहबहादुर बस्नेत, रामहरि खतिवडा, वीरबहादुर बलायर, श्याम घिमिरे, अजय चौरसिया मुख्य दाबेदार छन् ।

युवा नेता प्रदीप पौडेललाई मन्त्री बनाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पहल गरिरहेको बताइन्छ । सभापति देउवालाई नै भेटेर उनीहरूले युवा नेता पौडेललाई मन्त्री बनाएर सकारात्मक सन्देश दिन आग्रह गर्दै आएका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार