शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्रीमाथि दबाब

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब बढेको छ ।

- Advertisement -

नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिएका हुन् । उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार मन्त्री रेखा शर्मा र पर्यटन मन्त्री सुदन किराँतीले प्रधानमन्त्री दाहालसँग छुट्टाछुट्टै भेट गरी तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिएका छन् ।

‘प्रधानमन्त्री भएको तीन महिना भयो । प्रधानमन्त्रीज्यू एक्लैले १६ मन्त्रालय लिएको पनि एक महिना भयो’ प्रधानमन्त्रीसँग मन्त्रीहरूले राखेको गुनासो सुनाउँदै प्रधानमन्त्रीका कार्यालयका एक सचिवालय सदस्यले भने,‘मन्त्रिपरिषद्लाई पूर्णता नदिएको भन्दै आलोचना भइराखेको छ ।

- Advertisement -

सरकारका काम कारबाही प्रभावकारी हुन सकेका छैनन् । अब मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला गर्नुहुन्न भन्ने छ ।’ प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिने सवालमा भाका फेरेको भन्दै आलोचना हुन थालेपछि माओवादी मन्त्रीहरूले त्यसतर्फ सचेत पनि गराएका छन् ।

‘प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ भन्नेमा निक्कै दबाबमा हुनुहुन्छ । रिक्त मन्त्रालयभन्दा बढी मन्त्री बनाउनुपर्छ भन्ने प्रेसर पनि छ’ उनले भने, ‘त्यसैले, शीर्ष नेता नेताहरूसँग लगालग भेटिरहनुभएको छ । भोलिसम्म मन्त्रिपरिषद्ले पूर्णता दिनुपर्छ भन्ने छ ।’ सत्ता साझेदार दलका नेताहरूले रिक्त मन्त्रालयभन्दा बढी दाबी गरेपछि समस्या आएको उनले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -