सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

पहिलो सेमिफाइनल खेलमा सिरहा विरुद्ध बाराको ३ गोल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज । बारा र बीरगन्जमा जारी मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

- Advertisement -

बीरगन्जको आदर्शनगर रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सिरहा विरुद्ध ३(० को सहज जित निकाल्दै बाराले फाइनलको यात्रा तय गरेको हो ।

खेल अवधिभर सिरहा माथि दबाव बनाइरहेको बाराका लागि विवेक चौधरीले दुई र कृपा चौधरीले एक गोल गरेका थिए । खेलको २३ ओैं मिनेटमा विवेकले गोल गरेर बारालाई अग्रता दिलाएका र ३७ ओैं मिनेटमा अर्को गोल थप्दै पहिलो हाफमा २(० को अग्रतामा पुर्याएका थिए ।

- Advertisement -

दोश्रो हाफमा पनि सिरहामाथि हाबी नै देखिएको बाराका लागि खेलको ६१ ओैं मिनेटमा कृपाले गोल गर्दै ३(० को जित दिलाए ।

उक्त खेलको म्यान अफ दि म्याच बाराका लागि दुई गोल गरेका विवेक घोषित भए ।

उपाधिका लागि चैत १८ गते हुने फाइनलमा अब बाराले बिहीबार पर्सा र धनुषाा बिच हुने दोश्रो सेमिफाइनल खेलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसको अवसरमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको
प्रतियोगितमा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिम सहभागी छन् ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ पुरस्कार पाउने फाउण्डेसनका अध्यक्ष धिरजकुमार गुप्ताले जानकारी गराए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -