जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटोला चोकबाट प्रहरीले शुक्रबार साँझ ३ केजी गाँजा सहित तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा छिपहरमाइ गाँउपालिका ४ का २२ वर्षिय चन्दन कुमार साह, २० वर्षिय अरबाज आलम र २४ वर्षिय सुनिल कुमार गुप्ता रहेका छन् ।
जानकीटोलाबाट भीखमपुर जाँदै गरेको ना.१४ प ७२२४ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई रोकेर चेकजाँच गर्दा उनिहरुको साबाट तीन केजी गाँजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।