सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

पेट्रोलियम पदार्थको मूल्य फेरि...

काठमाडौं,०३ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल...

कतारका सरकार प्रमुख शेख...

काठमाडौँ,०३ वैशाख । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले...

आगो निभाउने क्रममा १...

गुल्मी,०३ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ...

हजुर आमाकाे हत्या गरेको...

बीरगन्ज,०३ वैशाख । हजुर आमाकाे हत्या गरेको आराेपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ...
23.1 C
Kathmandu
33 C
Birgunj

बिरगन्जबाट प्रेस लेखिएको गाडीबाट लागूऔषधसहित एकजनालाई नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बिरगन्ज । पर्सा प्रहरीले प्रेस लेखिएको गाडीबाट लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

- Advertisement -

बिरगन्ज-१६ स्थित रजतजयन्ति चोकबाट प्रहरीले टी मिडिया प्रा.लि. द्वारा सञ्चालित निगरानी अनलाइन डटमको प्रेस लेखिएको गाडीबाट प्रतिबन्धित लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-४ निवासी गोपाल स्याङ्गतान रहेको पर्सा प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिए ।

- Advertisement -

डिएसपी बुढाथोकीकाअनुसार स्याङ्गतानले चलाइरहेको बा ७ च ४६४२ नम्बर भएको सेन्ट्रो कारबाट २४० थान नाईट्रोभेट ट्याब्लेट, १०० एमएलको १९८ बोत्तल ओनेरेक्स र नेपाली ६५ हजार रुपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिइएको छ ।

सिमावर्ती भारतीय शहर रक्सौलबाट नेपाल आएको गाडीमाथि शङ्का लागेर प्रहरीले रोकी रितपूर्वक चेकजाँच गर्दा लागूऔषध र नगद भेटिएको उनले बताए । स्याङ्गतानको साथबाट निगरानी अनलाइनद्वारा जारी गरिएको प्रेस कार्डबाट पनि भेटिएको छ ।

लागूऔषध र नगदसहित स्याङ्गतानलाई नियन्त्रणमा लिएर उनिमाथि लागूऔषध सम्बन्धि मुद्दा चलाई अदालतबाट म्याद थप गर्ने प्रक्रिया अगाडि बढाइएको बुढाथोकीले बताए ।

निगरानी अनलाइन डटकम हेटौंडा मूख्य कार्यकाल भएको टी मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित छ । मिडियाका अध्यक्ष आदर्श सिंह थोकरले स्याङ्गतान आफ्नो सञ्चार संस्थामा कार्यरत नरहेको जानकारी दिए । स्याङ्गतानले नक्कली प्रेस कार्ड बनाएर दुरुपयोग गरेको थोकरले स्पष्ट पार्दै भने, ‘हाम्रो मिडिया हाउससँग कुनै गाडी छैन । गोपाल स्याङ्गतान भन्ने व्यक्तिसँग आफ्नो चिनजान भएपनि उनि निगरानी अनलाइनमा कार्यरत छैनन् । नक्कली कार्ड बनाएर दुरुपयोग गरेका छन् । म यस विषयमा बुझ्दै छु ।’

थोकरकाअनुसार निगरानी अनलाइनमा कार्यरत कर्मचारीहरुसँग नेपाल सरकारद्वारा जारी गरिएको प्रेस कार्ड मात्र छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार