काठमाडौं,१९ चैत – नेपाली कांग्रेसले बैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ का लागि उम्मेदवार नाबनाउने निर्णय गरेको छ । कांग्रेसको आज९आइतबार० बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा–२ मा -जनता समाजवादी पार्टी) जसपालाई सघाउने निर्णय गरेको हो।
आगामी वैशाख १० गते हुन गइरहेको निर्वाचनमा बारा–२ मा जसपाका उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रमा जसपा उम्मेदवार रामसहाय प्रसाद यादव विजयी भएका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ मा उपनिर्वाचन हुन लगेको छ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि भोली (सोमबार) उम्मेदवारी मनोनयन दर्ता गर्ने बतारी गरेको छ । बारा २ मा रास्वपा बाट पुर्व डिआइजी रमेश खरेलले उम्मेदवारी दिने भएका छन् भने नेकपा एमालेको तर्फबाट पुरुतोष पौडेलको नाम चर्चामा रहेको छ ।