शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

प्रभु साह नेतृत्वको पार्टीबाट अरुण ज्ञवाली बारा-२ को उम्मेदवार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२० चैत । बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुनलागेको उपनिर्वाचनमा पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले अधिवक्ता अरुणकुमार ज्ञवालीलाई उम्मेदवार बनाउने भएको छ ।

- Advertisement -

आज सोमबार मनोनयन दर्ताका दिन आम जनताले ज्ञवालीलाई पार्टीको आधिकारिक उम्मेदवारका रुपमा घोषणा गरेको हो ।

ज्ञवाली मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा-२ बाटै स्वतन्त्र उम्मेदवर बनेका थिए । ७ हजार ६९८ मत ल्याएर जसपाका रामसहाय यादवसँग पराजित भए ।

- Advertisement -

बारा-२ मा पाँच दलीय गठबन्धनको समर्थनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पूर्वमन्त्री पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, नागरिक उन्मुक्ति पार्टीको समर्थनसहित नेपाल सङ्घीय समाजवादी पार्टीबाट अध्यक्ष मुहमद रिजवान अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) बाट रमेश खरेल,राप्रपाबाट सोनेलाल साह उम्मेदवार छन् ।

यस क्षेत्रबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा बनेपछि रिक्त रहेको यहाँ निर्वाचन आयोगले वैशाख १० गते उपचुनाव गर्दैछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -