बीरगन्ज,२० चैत – नेकपा एमालेका नेता पुरुषोत्तम पौडेलले १० वैशाखमा हुने उपनिर्वाचनमा बारा क्षेत्र नं. २ मा नेकपा एमालेको जित सुनिश्चित रहेको दावी गरेका छन् । पौडेल नेकपा एमालेको तर्फ उमेदवारी दर्ता गराई संचारकर्मीहरुसँग कुराकानी गर्दै बारा–२ मा एमाले जित्ने संकेत देखिएको बताए ।
पौडेल एमालेका नेता, कार्यकर्ता र समर्थकसहित कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका छन् ।
नेकपा एमालेसँग पार्टीका नेता कार्यकर्ता मात्र नभइ न्यायप्रेमी जनता, मजदुर, किसान, महिला, दलित, मधेसी, मुस्लिम उत्पीडित वर्ग जातिसबै पक्षमा उभिएको पौडेलले दावी गरे ।