शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
25.1 C
Kathmandu
41.8 C
Birgunj

बारा क्षेत्र नम्बर २ मा चुनाव हारेका नेताहरूबीच प्रतिस्पर्धा!

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वैशाख १० मा हुने उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ मा करीब ५ महिनाअघि चुनाव हारेका नेताहरूबीच प्रतिस्पर्धा हुने भएको छ ।

- Advertisement -

यो क्षेत्रबाट जितेका जसपाका राससहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि हुन लागेको उपनिर्वाचनमा ४ मंसिरमा पराजित तीन नेता प्रतिस्पर्धामा उत्रिएका हुन् ।

एमालेका पुरुषोत्तम पौडेलबाहेक जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल तीनैजना ४ मंसिरको निर्वाचनमा पराजित अनुहार हुन् ।

- Advertisement -

जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी– २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित नेता हुन् । राउत ३५ हजार ४२ मत ल्याएर विजयी हुँदा यादव १८ हजार ६३ को भारी मतान्तरले पराजित हुन पुगेका थिए ।

बारा– २ बाट कुशावाहा निकटतम् प्रतिस्पर्धी रहँदै पराजित भएका थिए । जसपाका रामसहाय १३ हजार ८२२ मत ल्याएर विजयी हुँदा तत्कालीन माओवादी उम्मेदवार कुशवाहा १३ हजार ४६८ मत ल्याएर पराजित भएका थिए । उनीहरूको मतान्तर जम्मा ३५४ मात्र थियो ।

स्वतन्त्रतर्फका रामकिशोरप्रसाद यादवले ११ हजार ४३ र रवीन्द्रप्रसाद यादवले १० हजार ७५० मत ल्याएका थिए । यसपटक जनमत प्रवेश गरेर कुशावाहा उम्मेदवार बनेका हुन् ।

खरेल काठमाडौं– १ बाट कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए । काठमाडौं– १ मा सिंह ७ हजार १४३ मत ल्याएर विजयी हुँदा राप्रपाका रवीन्द्र मिश्रले ७ हजार १८, रास्वपाका पुकार बमले ४ हजार ११५ मत ल्याएका थिए । त्यसपछिको क्रममा बल्ल नेपाल सुशासन पार्टीका तत्कालीन उम्मेदवार रमेश खरेलले ३ हजार १२४ मत ल्याएका थिए ।

एमालेबाट उम्मेदवार बनेका मधुसुधन पौडेल भने यस अघ चुनाव लडेका थिएनन् । बारा– २ मा एमालेले रामहायलाई समर्थन गर्दै उम्मेदवारी दिएको थिएन । पौडेलले यसअघि पुरानो क्षेत्र ३ र ६ बाट चुनाव जितेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -