बीरगन्ज,२० चैत – बीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा करारमा कार्यरत कर्मचारीहरु अन्दोलनमा उत्रिएको छ । करारका कर्मचारीहरु क्याम्पसमा प्रशासनमा तालाबन्दी गर्दै अन्दोलनमा उत्रिएको छ ।
क्याम्पस प्रमुखले त्रिवि कर्मचारी संघको अध्यक्षकै पत्निलाई आफुखुशी पुस्तकालयको कर्मचारीमा नियुक्त गरेको विरोधमा आन्दोलित भएका कर्मचारीहरु क्याम्पस प्रशासनको मुल गेटमा बिहान १० बजेदेखि ५ बजे सम्म धर्नामा समेत बसेका थिए ।
क्याम्पस प्रमुख उमेश चौरसियाले त्रिवि कर्मचारी संघका अध्यक्ष किशोरी चौधरीसंग आर्थिक लेनदेन गरी चौधरीकै पत्नि श्रीगणेशमाया शाहीलाई क्याम्पसको पुस्तकालयको कर्मचारीमा नियुक्त गरेको आन्दोलनरत कर्मचारीहरुको आरोप छ ।
विगत लामो समयदेखि न्युन तलबमा काम गर्दै आएका कर्मचारीहरु प्राथमिकता नराखी गरिएको न्युक्ति खाजेर नभएसम्म आन्दोलन जारी रहने आन्दोलनरत कर्मचारीहरुको भनाई छ । धर्नाका कार्यक्रम भोलि मंगलवार पनि जारी रहने कर्मचारीहरुको भनाई ।