काठमाडाैँ,२१ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क महँगो भएको भन्दै ट्याक्सी चालकहरू आन्दोलनमा उत्रिएका छन् ।
पार्किङको ठेक्का पाएको आइएमएस एयरपोर्ट सर्भिसले शुल्क अत्यधिक लिएको भन्दै विरोधमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, बागमती प्रदेशका अध्यक्ष शंकर थापाले बताए ।
‘पहिले हामीले ट्याक्सी पार्किङ गरेको घण्टाको २० रुपैयाँ तिर्नु पर्थ्यो । त्यसमाथि टिप पाइएन भने तिर्न पर्दैन थियो । अहिलेको ठेकेदार कम्पनीले घण्टाकै ८० रुपैयाँ लिन्छ । टिप नपाएर खाली फर्कन परे पनि पैसा तिर्नुपर्छ,’ उनले भने ।
माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनले बताए । ‘आज छलफलका लागि मन्त्रालय जाँदैछौँ । पार्किङ शुल्क नहटे आन्दोलन जारी रहन्छ,’ थापाले भने ।