बीरगन्ज,२३ चैत – जिल्ला प्रहरी कार्यालय पर्साले बिज बिजक भन्दा बढी खुद्रा, कष्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू नियन्त्रणमा लिइ थप कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
बीरगन्जबाट कलैंया र बिराटनगरतर्फ लैजादै गरेको छ ट्रक बिशेष सूचनाको अधारमा प्रहरीले नियन्त्रणमा लिएको बुधवार बिहान नियन्त्रणमा लिएको थियो ।
बीरगन्ज महानगरपालिकाको वडा नं.१४ गण्डक स्थित सडकखण्डबाट ना ३ च ३१५० र बीरगन्ज महानगरपालिकाकै वडा नं. ८ घण्टाघर स्थित सडकखण्डबाट ना ३ ख ५८९९ नम्बरको ट्रकहरूलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकहरूभित्र लोड रहेका खुद्रा, कष्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरू २ करोड २६ लाख २६ हजार ८ सय ३३ रुपैया बारावारको माल समान थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।