शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

हनिट्र्यापमा पूर्वमन्त्री नै परेपछि…..

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज, २२ चैत । कहिलेकहीँ तपाईंको मोबाइलमा, विभिन्न सामाजिक सञ्जालमा अपरिचितको फोन आउँछ । फोनमा तपाईंले कुरा गर्नु भयो भने तपाईंलाई अनेक प्रस्ताव आउन सक्छन् । यस्तो खबर बेलाबखत बाहिरिइरहन्छ पनि । खासगरी युवा पुस्ता, पदमा रहेका सामाजिक व्यक्तित्वहरु कहिलेकहीँ अपरिचित युवतीको फोन र सामाजिक सञ्जालको प्रस्तावमा परेर फसेका हुन्छन् । यसलाई हनिट्र्याप भनिन्छ ।

- Advertisement -

तर यहाँ त नेपाल सरकारका मन्त्री भइसकेका व्यक्ति त्यसमाथि मधेशको नयाँ शक्ति र जनताल भरोसा गरेको पार्टीका नेता जो भर्खरै संघ सरकारबाट भूतपूर्व मन्त्री भएका छन् । उनी पनि हनिट्र्यापमा परेर समस्यामा फसेको घटना बाहिरिएको छ । पूर्वमन्त्री तथा जनमत पार्टीका नेता अब्दुल खानको अश्लील भिडिओ बाहिर आएपछि खान समस्यामा परेका हुन् । फेसबुक म्यासेन्जरमार्फत भिडिओ आदानप्रदान भइरहेको घटनामा भिडियो लिक भएपछि नेता खानतनावमा छन् । यो भिडियो चैँ उनका फेसबुकका साथीहरुबाटै बाहिरिएको हो ।

भिडिओमा खानले कुनै महिलासँग भिडिओ च्याट गरेका छन् । संवाद छैन र तर दुवैले एक–अर्कालाई आफ्ना गोप्य अंग प्रदर्शन गरेका छन् । खानले सार्वजनिक भएको भिडिओ आफ्नो भएको स्वीकार पनि गरे । उनले भने, ‘भिडियो मेरै हो तर केही सम्पादन गरिएको छ ।’ खान भारतीय युवतीसँग फेसबुकमा जोडिएको, कुराकानी हुँदै जाँदा ह्वाट्सएपमा भिडिओ कल आएको र यस्तो घटना भएको भनिरहेका छन् ।’ ‘राजनीतिक कुरा गरेका थियौं ।

- Advertisement -

तर, पछि विस्तारै अश्लीलता देखाउन थालेपछि भिडिओ बन्द गरेर ब्लक हानेँ,’ खानले भनेका छन्, ‘त्यही भिडिओ सम्पादन गरेर मलाई पठाइयो र पैसा माग्न थालियो ।’ उनले पैसा दिननसक्ने बताएपछि फेसबुकका केही साथीलाई यो भिडिओ पठाइएको बताए । खान यो घटना ६ महिना अघिको भएको बताए जतिखेर उनी सांसद पनि थिएनन् । भारतमा यस्तो एउटा गिरोहले नेपालका राजनीतिक, सामाजिक क्षेत्रका व्यक्तिहरुलाई बेलाबखत हनिट्र्यापमा पारिरहन्छ । त्यसैले सामाजिक सञ्जाल चलाउँदा ख्याल गर्नुहोला ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -