शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
18.1 C
Kathmandu
23.8 C
Birgunj

वीरगंज नारायणी यातायातका ११ बिचौलिया पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज, २२ चैत । नारायणी यातायात कार्यालय पर्सा वीरगंजमा सेवाग्राहीलाई विभिन्न बहानामा ठगी गर्दै आएका ११ बिचौलियालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनेर बार्गेनिङ गर्ने, कार्यालय परिसरभित्र फाइल च्यापी भित्र बाहिर गर्ने, प्रचलित कानुनविपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरान पारेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

- Advertisement -

वीरगंज महानगरपालिका–१२ रानीघाटका २५ वर्षीय आलोक कुमार यादव, ४५ वर्षीय किशोर कुमार दयाल, ४० वर्षीय दिपलाल साह, ४६ वर्षीय रामबाबु झा, वीरगंज–३ छपकैयाका ३७ वर्षीय रंजित गुप्ता, वडा नम्बर ११ का २३ वर्षीय लालबाबु महतो, पर्सा कालिकामाई–४ का ४० वर्षीय राजेश महतो, बारा, परवानीपुर नौतनका ४५ वर्षीय दरोगा दास पक्राउ परेका हुन् ।

यस्तै, बारा, प्रसौनीका ३० वर्षीय मुकेश साह, वीरगंज, मुर्लीका ४५ वर्षीय राजेश लामा र बारा, प्रसौनीका २५ वर्षीय दिपु महतो पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी निर्मल बुढाथोकीले बताए । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्दको कसुरमा प्रशासनबाट ७ दिनको म्याद थप गरी आवश्यक कारवाही अगाडि बढाइएको बुढाथोकीले जानकारी दिए । यातायात, मालपोत, नापीलगायतका सरकारी कार्यालयमा बिचौलियाले सेवाग्राहीलाई लामो समयदेखि दुःख दिँदै आएको पाइएपछि प्रहरी एक्सनमा उत्रिएको हो ।

- Advertisement -

मालपोत, नापी, यातायात कार्यालयमा लेखापढी व्यवसायीका नाममा सेवाग्राहीलाई ठगी गर्ने गिरोहको सञ्जाललाई आफ्नो कार्यकालमा तोडेरै छाडिने प्रहरी उपरीक्षक कोमल शाहले दाबी गरे

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार