शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

औद्योगिक नीतिमा सुधार गर्ने काम सरकारले उच्च प्राथमिकतामा राखेको छः मन्त्री रिजाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२३ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले औद्योगिक नीतिमा सुधार गर्ने कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग आज भएको भेटमा उनले देशको आर्थिक विकासका लागि औद्योगिक नीतिमा सुधार गर्ने कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन्।

- Advertisement -

“म बजारमा आधारित अर्थतन्त्रमा विश्वास गर्ने व्यक्ति हुँ, उद्योग खोल्ने काम, व्यापार गर्ने काम सरकारले गर्ने होइन, निजी क्षेत्रका लागि उपयुक्त वातावरण बनाइदिने सरकारको काम हो”, उनले भने। आफू खुला बजार अर्थनीतिको पक्षमा रहेको मन्त्री रिजालको भनाइ छ।

उनले औद्योगिक क्षमता विस्तार गरेर निर्यात प्रवर्द्धन गर्ने नीति सरकारको साझा न्यूनतम कार्यक्रममा रहेकाले सरकार अब रणनीतिका साथ अगाडि बढ्ने बताए।

- Advertisement -

भेटमा चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनसम्बन्धी ठोस नीति एवं योजना ल्याउन सरकारसँग आग्रह गरे। निर्यात प्रवर्द्धनका लागि एक्सपोर्ट हाउसको अवधारणा सातवटै प्रदेशमा अविलम्ब लागु गरी निर्यात उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।

चेम्बरले निर्यात व्यापारलाई मूल्य अभिवृद्धिका आधारमा अनुदान दिने नीति अपनाउन सरकारलाई आग्रह गरेको छ। रेमिट्यान्सको पैसालाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन मन्त्री रिजालसमक्ष चेम्बरले आग्रह गरेको छ।

अध्यक्ष मल्लले रेमिट्यान्सको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादनमूलक क्षेत्रमा प्रभावकारी नीतिसहित युवाको लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताए।

चेम्बरले कालोबजारी ऐन, २०३२ का कतिपय प्रावधान हालको अवस्थामा असान्दर्भिक भएकाले समयसापेक्ष सुधार गर्नुपर्ने बताएको छ। संसद्मा विचाराधीन निजी क्षेत्रसँग सम्बन्धित आर्थिक एवं अन्य विधेयकलाई समयमै पारित हुने वातावरण बनाउनसमेत मन्त्री रिजालसमक्ष आग्रह गरेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -