शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

सप्तरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२३ चैत । मोटरसाइकल दुर्घटनामा परेर सप्तरीमा एक जनाको मृत्यु भएको छ।

- Advertisement -

बिहीबार दिउँसो करिब १२ बजे जिल्लाको बोदेबर्साइन नगरपालिका–२ बैरियास्थित विषनपुर बोदेबर्साइन सडकखण्डमा को १७ प ९४७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मोटरसाइकलको पछाडिमा सवार एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

दुर्घटनामा परेर मोटरसाइकल चालक बोदेबर्साइन–५ भाटिन बस्ने १७ वर्षीय सागर पण्डितको मृत्यु भएको हो। दुर्घटनापश्चात उपचारको लागि जीवन ज्योति अस्पताल बोदेबर्साइन सप्तरी लगिएकोमा चिकित्सकले मृत घोषित गरेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

- Advertisement -

यस्तै, मोटरसाइकलको पछाडि सवार स्थानीय १५ वर्षीय सुमित पण्डित घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -