शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
24.9 C
Kathmandu
34.9 C
Birgunj

नदी प्रदूषित गर्ने उद्योगीलाई कारबाही गर्न सांसद यादवको माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२३ चैत । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले बारा र पर्सा जिल्लाको सिमानामा पर्ने सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही गर्न माग गरेका छन् ।

- Advertisement -

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले सिर्सिया नदी किनारामा विभिन्न उद्योगहरू सञ्चालनमा रहेका र ति उद्योगबाट निस्किने रासायनिक पानी सिधैं नदीमा मिसाउँदा नदी प्रदूषित भएको बताए । उनले नदी प्रदूषित हुँदा मानिस र पशुचौपायालाई समेत छालासम्बन्धी विभिन्न रोगको संक्रमण भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले अविलम्ब नियम मिचेर काम गर्ने उद्योगीहरूलाई कारबाही गर्न सरकारसँग माग गरे । सांसद यादवले उद्योगीहरूले बदमासी गरेको कुरा थाहा पाउँदा पाउँदै पनि सरकार मुकदर्शक भएको आरोप लगाए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -