मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
29.2 C
Birgunj

नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिए पनि उत्साहित छु : प्रशिक्षक देसाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली टाेलीले एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाउँदा खेलाडीकाे प्रदर्शनमा आफू सन्तुष्ट रहेको बताएका छन् ।

- Advertisement -

मङ्गलवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे फाइनल खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनाएसँगै खेलाडीको प्रदर्शनलाई प्रशंसा गर्दै प्रशिक्षक देसाईले सन्तुष्ट रहेको बताएका हुन् । उनले एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भए पनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आफू उत्साहित रहेको प्रतिक्रिया दिए । प्रशिक्षक देसाईले एसिया कपसम्मको यात्रा तय गर्न निकै मेहनत गरेको र टोली सम्हालिसकेपछि खेलाडीहरूले प्रमाणित गर्न निकै मेहनत गरेको बताए ।

भारतीय मूलका प्रशिक्षक देसाईको आगमनपछि नेपालले पछिल्लो समय ठूला प्रतियोगितामा राम्रो नतिजा निकालिरहेको छ । दुई महिनामा उत्कृष्ट लयमा रहेको नेपालले लगातार १० खेलमा जित हात पारेको छ । आईसीसी विश्व कप लिग–२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्व कप छनोटमा पुगेको थियो भने धराशायी भएको नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले रोमाञ्चक सफलता हात पारेको थियो ।

- Advertisement -

नेपालमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालसहित १० टोलीले सहभागिता जनाएका थिए । आयोजक एसीसीले सहभागी टाेलिलाई दुई वटा समूहमा विभाजन गर्दै खेलाएको थियो । जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिता कीर्तिपुरकाे त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना भएका थिए । यससँगै मूलपानी क्रिकेट मैदानले एकदिवसीय मान्यता पाएकाे छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -