शनिबार, असार ८, २०८१
Sat, June 22, 2024

क्यानडामा हुने ग्लोबल टी-२०...

८ असार, काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने...

पाँच प्रदेशमा मनसुनको प्रभाव...

८ असार, काठमाडौं । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी...

युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक...

८ असार,  काठमाडौं । युक्रेनले जारी युरोकपमा स्लोभाकियालाई पराजित गरेको छ । शुक्रबार सम्पन्न...

इङल्याण्डमाथि दक्षिण अफ्रिका ७...

८ असार, काठमाडौं । दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप...
22.1 C
Kathmandu
28.3 C
Birgunj

पच्चीस करोडको हरर फिल्म विरुपाक्षको आम्दानी ८० करोड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी,२३ बैशाख – भारतीय २५ करोड रुपैयाको बजेटमा निमार्ण र ८० करोडको आम्दानी, यो सही आंकडा हो। यो आंकडा कायम राखिएको तेलेगु चलचित्र विरुपाक्ष आज हिन्दी भाषामा पनि रिलिज भएको छ ।

- Advertisement -

हामी तेलुगु हरर फिल्म ‘विरुपाक्ष’ को बारेमा कुरा गर्दैछौं। यो एक डरलाग्दो चलचित्र हो, जुन तेलुगुमा २१ अप्रिलमा रिलिज भएको थियो। फिल्मले अहिलेसम्म ८० करोडभन्दा बढी कमाइ गरिसकेको छ । जबकि यसको निर्मार्णको बजेट करिब २५ करोड रुपैयाँ रहेको बताइएको छ ।

यस्तो अवस्थामा फिल्मले लागतभन्दा तीन गुणा बढी कमाइ गरेको हो । आज अर्थात मे ५ मा हिन्दीमा पनि रिलिज भएको छ । यसरी यसको संकलन आगामी दिनमा अझै बढ्नेछ । यसरी कथा राम्रो छ, कलाकार जीवन्त छन् र बजेटलाई नियन्त्रणमा राख्ने हो भने मध्यम बजेटमा पनि राम्रो फिल्म बन्न सकिन्छ भन्ने प्रष्ट हुन्छ ।

- Advertisement -

विरुपाक्षको कथा एउटा गाउँको हो। गाउँका मानिसहरूले केही न केही गर्छन, जसको कारणले श्राप पाउँछन्। त्यसपछि यो घटनाको लामो समयपछि गाउँमा अनौठो घटना हुन थाल्छ । साई धर्म तेज यस गाउँमा आउँछन् र उनी संयुक्त मेननसँग प्रेममा पर्छन्। तर यी सबैको बीचमा, डरलाग्दो घटनाहरू हुन्छन् र केही मानिसहरूको मृत्यु हुन्छ। साई धर्मले मात्र यो रहस्य सुल्झाउने प्रयास गर्दछ। कथा रोचक छ, उपचार पनि राम्रो छ । केवल रोमान्टिक भाग र अन्त्य अलि बरालिएको देखिन्छ।

साई धरम तेज एक राम्रो अभिनेता हुन । दुई वर्षअघि उनी दुर्घटनाको सिकार भएका थिए । त्यसपछि उनको यो पहिलो फिल्म हो । उनले हरर थ्रिलर विषय रोजे। उनले यो पात्रलाई राम्रोसँग निभाएका छन् र अभिनय पनि सहज छ । गाउँकी केटीको भूमिकामा संयुक्ता मेनन पनि राम्रोसँग सुहाएकी छिन् । समग्रमा अभिनयका हिसाबले फिल्मले निराश बनाएको छैन । सभार : खबरहव

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार