आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
8.1 C
Kathmandu
12.3 C
Birgunj

महँगी घटाउन बजार अनुगमनलाई ध्यान दिन केन्द्रीय बैंकको सुझाव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२९ वैशाख । बढ्दो बजार महँगी घटाउनका लागि प्रभावकारी बजार अनुगमनमा ध्यान दिनुपर्ने केन्द्रीय बैंकले औँल्याएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै केन्द्रीय बैंकले बिक्रेतालाई अस्वाभाविक मार्जिन लिन नदिने गरी बजार अनुगमन प्रभावकारी बनाउन सकेमा महँगी केही नियन्त्रणमा आउने बताएको हो ।

- Advertisement -

साथै, अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेअनुरूप नेपालमा पनि इन्धनको मूल्य समायोजन गरी सवारी साधनको भाडा दर घटेमा उपभोक्ता मुद्रास्फीति घट्न थप सहयोग पुग्ने समेत केन्द्रीय बैंकले बताएको छ ।

‘मुद्रास्फीति अझै लक्ष्यभन्दा केही माथि रहेको छ । २०७९ चैत मसान्तमा वार्षिक बिन्दुगत मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । २०७८ चैत मसान्तमा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो । गत वर्षको नौ महिनामा औसत मुद्रास्फीति ५.७३ प्रतिशत रहेकोमा चालु वर्षको नौ महिनामा औसत मुद्रास्फीति ७.९१ प्रतिशत रहेको छ ।

- Advertisement -

खाद्यान्न, दुग्ध पदार्थ, घरायसी उपभोग्य वस्तुहरु, आयातित वस्तुहरु र इन्धनको मूल्य वृद्धिका साथै नेपाली रुपैयाँ अवमूल्यनका कारण उपभोक्ता मूल्यमा चाप परिरहेको छ । चालु आर्थिक वर्षको औसत मुद्रास्फीति लक्ष्यभन्दा केहीमाथि रहने देखिन्छ ।

नेपालमा उपभोग्य वस्तुको मूल्य खासगरी आन्तरिक उत्पादन, आयातित वस्तुहरूको मूल्य र थोक तथा खुद्रा बिक्रेताले लिने मार्जिनमा निर्भर रहने गर्दछ ।

आयाततर्फ, करिब दुई–तिहाइ आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आयात भारतबाट हुने गरेको छ । भारतमा थोक मूल्य घट्दै गइरहेको छ । सन् २०२२ मार्च महिनामा भारतमा थोक मूल्य वृद्धि १४.६३ प्रतिशत रहेकोमा सन् २०२३ मार्च महिनामा १.३४प्रतिशतमा झरेको छ । यसर्थ, बाह्य तथा आन्तरिक आर्थिक परिदृश्य र आयातित वस्तुहरूको घट्दो मूल्य वृद्धिदरलाई दृष्टिगत गर्दा मूल्यमा रहेको चाप क्रमशः कम हुँदै जाने देखिन्छ’ केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत भनेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार