शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

शिक्षामा लगानी बढाए मात्रै गुणस्तर : शिक्षा मन्त्री राई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२९ वैशाख । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलेले शिक्षामा गुणस्तर वृद्धि गर्न लगानी बढाउनुपर्ने बताउनुभएको छ ।

- Advertisement -

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा मन्त्री राईले शिक्षामा लगानी गर्न सकेन भने गुणस्तर वृद्धि गर्न पनि नसकिने बताउनुभयो ।

बैठकमा शिक्षा सचिव रामकृष्ण सुवेदीले सरकारले राष्ट्रिय जनशक्ति नीति तयार गरेर सार्वजनिक गरेको बैठकमा जानकारी गराउनुभयो ।

- Advertisement -

बैठकमा सांसदहरु बामदेव गौतम, कमला पन्त, विमला घिमिरे, नारायणप्रसाद दाहाल, कृष्णप्रसाद पौडेल, भुवनबहादुर सुनुवारलगायतले संघीय शिक्षा ऐन तत्काल अघि बढाउनुपर्ने, क्षमतावान् जनशक्ति उत्पादनका लागि समय सुहाउँदो पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसै गरी उहाँहरूले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाले समयमै पाठ्यपुस्तक पाए पनि भर्ना हुने विद्यार्थी सङ्ख्या भने घटेको बताउनुभयो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -