शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

रौतहटमा प्रहरीद्वारा रासयनिक मल बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,३० वैशाख । रौतहटमा प्रहरीले भारतबाट तस्करी गरी ल्याएको एक हजार बोरा रासायनिक मल बरामद गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले रासयनिक मल बरामद गरेको हो । मल बरामदका क्रममा प्रहरीले चार राउन्ड हवाई फायर समेत गरेको थियो ।

- Advertisement -

भारतीय सीमानासँग जोडिएको राजपुर नगरपालिका–५ स्थित स्कुल चोकमा रहेको रुद्रा साह र साजन साहको घरमा लुकाएर राखिएको रासायनिक मल बरामद गरिएको रौतहट प्रहरी प्रमूख एसपी वीरबहादुर बुढामगरले बताएका छन्। मल बरामद गर्दा पाँच राउन्ड गोली चलाउनुपरेको उनले बताए ।

मल बरामदका क्रममा तस्कर र स्थानीयबासीले अवरोध गर्न खोजेका थिए । सोहीबेला एकसय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरी युरिया तथा डीएपी मल बरामद गरिएको एसपी बुढामगरले बताए। सो क्रममा प्रहरीले मल तस्करी गरेको आरोपमा रुद्रा साह र कन्हैया साहलाई नियन्त्रणमा लिएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -