शनिबार, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

जिल्ला अस्पताल मुगुमा सिटामोलको...

मुगु, ४ जेठ । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको...

गौतम गम्भीरलाई भारतको राष्ट्रिय...

५ जेठ, काठमाडौं ।  भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको...

गोरखामा पौडी खेल्ने क्रममा...

४ जेठ, गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर आज दुई...

‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन...

४ जेठ, ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएका...
21.1 C
Kathmandu
31.6 C
Birgunj

नेपालले २०२४ टी-ट्वान्टी विश्वकप छनोट आयोजना गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,३० वैशाख । नेपालले २०२४ आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपको एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले टी-ट्वान्टी विश्वकपका लागि एसिया क्षेत्रको छनोट नेपालले आयोजना गर्ने बताए ।

- Advertisement -

उनका अनुसार इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले एसिया छनोटका लागि नेपाललाई आयोजक चयन गरेको हो । नेपालले नोभेम्बर १ देखि १० तारिखसम्म छनोट आयोजना गर्नेछ ।

सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले टी-ट्वान्टी विश्वकप आयोजना गर्दै छ । उक्त विश्वकपमा २० टोलीको सहभागिता रहनेछ ।

- Advertisement -

नेपालमा आयोजना हुने छनोटमा भने ८ टोलीको सहभागिता रहनेछ । छनोटमा नेपालसँगै ओमान, बहराइन, युनाइटेड अरब इमिरेट्स (युएई), हङकङ र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । थप दुई टोली एसियाकै क्वालिफायर ए र क्वालिफायर बीचबाट छनोट भएर आउनेछन् ।

नेपालमा आयोजना हुने एसिया क्षेत्रको छनोटबाट दुई टोलीले अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

कार्यवाहक सचिव छनोटका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तथा मुलपानी क्रिकेट मैदानमा खेलाइनेछ । त्रिवि र मुलपानी दुबै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त मैदान हुन् । यसअघि नेपालले एसीसी प्रिमियर कपका खेलहरु दुबै मैदानमा सफलतापूर्वक सम्पन्न गरेको थियो । यसले पनि क्यानलाई विश्वकप छनोट आयोजना अधिकार प्राप्त गर्न सहज भएको हो ।

पाठकका अनुसार खेल टी-ट्वान्टी फर्म्याटमा हुने भएकाले दर्शकहरुको उपस्थिति ठूलो संख्यामा हुने अपेक्षा गरिएको छ र त्यसका लागि मुलपानी मैदानको स्तरोन्नति गरिने छ ।

‘छनोटका लागि आईसीसीले दुईवटा मैदान चाहिन्छ साथै थप पूर्वाधार थप्नुपर्ने माग समेत अघि सारेका कारण हामीले थप सुविधा सम्पन्न बनाउने छौ,’ पाठकले बताए ।

‘हामीले प्रतियोगिता आयोजना गर्न लागेको विषयमा आधिकारिक जानकारी भने केही दिनमा गराउने छौ,’ पाठकले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार