सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

भड्किलो पोसाक लगाएर संसदमा जान नपाइने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,३१ वैशाख । संसद्को मर्यादा कायम राख्न सांसदहरूले संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाएर जान नपाउने भएका छन् । आइतबार बसेको प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठकमा सांसदहरूले भड्किलो पोसाक लगाएर जाँदा संसद्को मर्यादा कायम नहुने ठहर गर्दै तोकिएको पोसाक लगाएर मात्र संसदमा जानुपर्ने सहमति भएको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए ।

- Advertisement -

‘सांसदहरू बैठकमा जाँदा अनिवार्य संसद्को लोगो लगाउनुपर्ने र भड्किलो ड्रेस लगाउन नपाइने निर्णय भएको छ’, खतिवडाको भनाइ छ । त्यस्तै बैठकले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर आगामी जेठ ४ गतेका लागि समय निर्धारण भएको छ । प्रश्नोत्तरका लागि कांग्रेस एमालेका सांसदहरूलाई तीन तीन मिनेट र अरु सांसदहरूलाई १ मिनेटका दरले समय निर्धारण गर्ने सहमति भएको छ । ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा कांग्रेस र एमालेका सांसदलाई तीन मिनेट र अन्यलाई एक मिनेटका दरले समय निर्धारण गर्ने सहमति भएको छ’, नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -