शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

आजदेखि लागू भयो एमडीएमएस, यस्ता छन् ध्यान दिनैपर्ने कुराहरू

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०१ जेठ । अवैध मोबाइलको आयात रोक्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै आजबाट यो प्रणाली लागू हुने जानकारी दिएको थियो ।

- Advertisement -

यो नीति लागू भएसँगै विदेशबाट मोबाइल लिएर आउने व्यक्तिहरूले विभिन्न कुराहरूमा ध्यान दिनुपर्नेछ ।

– व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल आफैले पनि दर्ता गर्न सकिनेछ । व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमएडीएमएस प्रणालीमा स्वतः दर्ता हुनेछन् ।
-व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू आफैले राहदानी वा नागरिकता प्रयोग गरेर दर्ता गर्न सकिनेछ ।
– विदेशबाट आएका व्यक्तिले डिपार्चर स्ट्याम्प र अराइभल स्ट्याम्प देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास राखेर आफूले ल्याएको मोबाइल दर्ता गर्न सक्नेछन् ।
– नेपालभित्र मोबाइल खरिद गर्नेले आफ्नो मोबाइल सेट एमडीएमएस प्रणाली मा दर्ता भए/नभएको जाँच गर्न सक्नेछन् ।

- Advertisement -

– मोबाइल आयातकर्ता/विक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्रधिकरणमा दर्ता भएका मोबाइलमात्र बिक्री वितरण गर्न पाउनेछन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -