शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,०१ जेठ । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखामा कार्यरत ४१ वर्षीय गोपालकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

- Advertisement -

गत राति ९ बजेको समयमा चन्द्रपुरबाट सर्लाहीस्थित घर जाने क्रममा चन्द्रनिगाहपुर–बागमती सडक खण्डको लच्का नजिकै मोटरसाइकल ट्याक्टरमा ठोकिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ। पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २-०३-०२० प २१९४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना २ त २९८३ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो ।

मृतक यादवको शव चन्द्रपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ भने ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -